भदौ तीन गते एक बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
नेपाल बोली
२९ श्रावण २०८०, सोमबार
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि अवरोध जारी राखेपछि भदौ तीन गतेसम्मका लागि स्थगित भएको छ । एमालेले अवरोध कायम राखेपछि सभामुख देवराज घिमिरेले भदौ तीन गते एक बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।
१०० किलो सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेले आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको हो ।
एमालेका सांसदहरूले अहिले पनि सुन तस्करीलाई कारबाही गर्न माग गर्र्दै नाराबाजी गरिरहे । पटक पटक आग्रह गर्दा पनि नाराबाजी कायम राखेपछि सभामुख घिमिरेले बैठको कार्यसूचीमा रहेका विषय झिकेर बैठक स्थगित गरेका हुन् ।
एमालेले यो माग राखेर साउन १० गतेदेखि संसद् बैठक अवरोध गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै