संसद् सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षीसँग संवादको पहल गर्ने कांग्रेसको संसदीय दलको निर्णय – Nepalboli

संसद् सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षीसँग संवादको पहल गर्ने कांग्रेसको संसदीय दलको निर्णय

   २९ श्रावण २०८०, सोमबार  

नेपाली कांग्रेसको संसदीय दलको बैठकले निरन्तर अवरुद्ध संसद् सुचारु गर्न सत्तापक्ष र प्रतिपक्ष लगायत सबै दलसँग संवादको पहल गर्ने निर्णय गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दिनसम्म बसेको संसदीय दलको बैठकमा केही दिनदेखि सङ्घीय संसद्को दुवै सदन अवरुद्ध हुँदै आएको विषयमा सो निर्णय भएको बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “केही दिनदेखि दुवै सदन अवरुद्ध हुँदै आएको छ । वर्षका कारण बाढीपहिरोले धनजनको क्षति भएको छ । पशुधनको क्षतिबाट किसानले ठुलो क्षति पुर्‍याएको छ । लम्पि स्किन यी लगायत जनजीविकासँग सम्बन्धित विषय सदनमा आवाज उठ्ने, छलफल हुने वातावरण बनाउनुपर्छ । सरकार जनताप्रति उत्तरदायी हुनुपर्दछ ।”

उहाँले संसदमा प्रतिपक्षी दल आलोचनात्मक प्रस्तुत भएको र लामो समय अवरुद्ध कार्य उचित नभएको निष्कर्ष निकालिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संसद् अवरुद्ध कार्य गैरजिम्मेवार हो । एकातिर सरकारको विषय उठेको छैन । अर्को विचाराधीन कानुन बन्न सकेको छैन । कांग्रेस संसदीय दलको बैठक सत्तारुढ दल, प्रमुख प्रतिपक्षी लगायत सबैसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद् सुचारु गर्ने पहल गर्ने निर्णय गर्दछ ।” संसद् अवरुद्ध समाप्त पारी सदनमा नै छलफल गर्न उहाँले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई अपिल पनि गर्नुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै