जनमत पार्टी अव संघिय सरकारमा, नवनियुक्त मन्त्री साहले लिए शपथ

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलबाट मन्त्री साहले शपथ लिनुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट मन्त्री बन्नुभएका अमनलाल मोदीलाई पार्टीले फिर्ता बोलाएसँगै जनमत पार्टीकी सांसद अनितादेवी साह मन्त्रीमा नियुक्त हुनुभएको हो ।
शपत पछि नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएसँगै उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।