जनमत पार्टीकी अनितादेवी सामान्य प्रशासन मन्त्री बन्दै, शपथ सोमबार बिहान १० बजे – Nepalboli

जनमत पार्टीकी अनितादेवी सामान्य प्रशासन मन्त्री बन्दै, शपथ सोमबार बिहान १० बजे

   २०८० श्रावण २८, आईतवार  

जनमत पार्टीका तर्फबाट मन्त्री बन्न लागेकी अनितादेवी साहको शपथ सोमबार हुने भएको छ। साहको आजै शपथ हुने तयारी थियो। सोमबार शपथ हुने प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सञ्चार विज्ञ मनोहरि तिमल्सिनाले बताए।

राष्ट्रपति कार्यालयका अनुसार साहको शपथ सोमबार बिहान १० बजेका लागि तय भएको छ।

अनितादेवीलाई सरकारमा सहभागी गराउनकै लागि प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई फिर्ता बोलाएका छन्। अनितादेवीलाई सोही मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

जनमत पार्टीले अनितादेवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरिसकेको छ। गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो।सरकार छाडेको चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै