मन्त्रीहरू सहितको सहभागीमा बालुवाटारमा माओवादी पदाधिकारी बैठक – Nepalboli

मन्त्रीहरू सहितको सहभागीमा बालुवाटारमा माओवादी पदाधिकारी बैठक

   २०८० श्रावण २८, आईतवार  

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ।  माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह जिल्ला चितवनबाट फर्किएपछि सरकारमा रहेका मन्त्री फेर्नेबारे छलफल गर्न आज दिउँसो पदाधिकारी बैठक बोलाएका हुन्।

बैठकमा माओवादीबाट मन्त्री बनेकाहरू पनि सहभागी छन्।

‘प्रधानमन्त्रीले सरसल्लाह गर्नका लागि पदाधिकारी र मन्त्रीहरूलाई बोलाउनु भएको हो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।

प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेका छन्। मोदीलाई फिर्ता बोलाएर उनको ठाउँमा जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने तयारी प्रधानमन्त्री प्रचण्डको छ।

प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीकी अनितादेवीलाई आइतबार नै शपथ गराउने तयारी गरेको उनीनिकट स्रोतले बताएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै