कांग्रेस सभापति देउवा र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता
नेपाल बोली
२७ श्रावण २०८०, शनिबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच शुक्रबार भेटवार्ता भएको छ । सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका सभापतिलाई भेट्न गृहमन्त्री श्रेष्ठ उनकै निवास, धुम्बाराही पुगेका थिए । देउवाका स्वकीय सचिव भानु देउवाले गृहमन्त्री भेटका लागि आएको पुष्टि गरे । तर के कुराकानी भएको खुलाएनन् ।
गृहमन्त्री निकट स्रोतले भने समसामयिक विषयमा कुराकानी भएको बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै