संसद नचलेको दिनको सेवा सुविधा नलिने रास्वपा सांसदहरुको घोषणा
नेपाल बोली
२०८० श्रावण २६, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि बाहिरिने क्रममा सभापति रवि लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिन व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताएका हुन् ।
उनले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै