देउवाले बोलाए संसदीय दल र कार्यसमिति बैठक
नेपाल बोली
२५ श्रावण २०८०, बिहीबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसमिति बैठक बोलाएका छन्।
संसदीय दल नेतासमेत रहेका देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका प्रमुख सचेतक र सचेतकहरूलाई बैठकमा बोलाएका हुन्।
सभापति देउवाको निवास धुम्बाराहीमा बिहीबार अपरान्ह ४ बजे संसदीय दल कार्यसमिति बैठक बस्नेछ। उक्त बैठकमा शुक्रबार हुने संसदीय दल बैठकका विषयमा कुराकानी हुने एक नेताले जानकारी दिए।
शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरमा संसदीय दल बैठक बस्दैछ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै लगातार संसद अवरोध गर्दै आइरहेको छ।
कांग्रेसले संसद अवरोध हटाउन पहल गर्नका लागि संसदीय दल बैठकमा छलफल गर्न लागेको ती नेताले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै