काग्रेसमा नेविसंघका दुई समूह नै विरोधमा उत्रिए

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भ्रातृसंगठन नेपाल विद्यार्थी संघका दुई समूह उत्रिएका छन्। संस्थापन र असन्तुष्टका दुई समूह एकै पटक सानेपामा उत्रिँदा तनाव भएको हो।
दुवै समूह एकै पटक उत्रिएर नाराबाजी गर्दा अवस्था नियन्त्रणबाहिर नदिन प्रहरी परिचालन गरिएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघ केन्द्रीय समितिमा ७१० जनालाई मनोनीत गरेपछि विवाद बढेको छ।
नेता कृष्ण सिटौलासहित असन्तुष्ट समूहले बुधबार दिउँसो सानेपामा प्रदर्शन गरेका थिए। उनीहरुले समानान्तर समिति गठन र विद्रोहसहिताका योजना लिएर सानेपामा नाराबाजी गरेका हुन्।
असन्तुष्ट समूहलाई प्रहरीले कांग्रेस कार्यालयबाहिरै रोकेको थियो। त्यसक्रममा उनीहरुले संस्थापन पक्षविरुद्ध नाराबाजी पनि गरे।