एमालेको अवरोधका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक प्रभावित
नेपाल बोली
२४ श्रावण २०८०, बुधबार
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले बुधवारको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा नारावाजी गरेका छन । एमालेका अवरोधका कारण बुधबारका लागि तय भएका दुवै सदनका कार्यसूची अगाडि बढ्न सकेन ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन् । यसैगरि प्प्रतिनिधिसभा बैठक पनि शुक्रवार २६ साउनमा बस्ने गरि स्थगित भएको छ ।
एमालेले साउन १० गते यता संघीय संसदको दुवै सभामा अवरोध गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै