केन्द्रीय समिति बैठक सक्नुअघि बालुवाटारमा माओवादीको पदाधिकारी बैठक – Nepalboli

केन्द्रीय समिति बैठक सक्नुअघि बालुवाटारमा माओवादीको पदाधिकारी बैठक

   २१ श्रावण २०८०, आईतवार  

केन्द्रीय समिति बैठक सक्नुअघि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमाथि छलफल भएको बताइएको छ । अध्यक्षको प्रतिवेदन परिमार्जनका लागि बैठक डाकिएको बुझिएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिएसँगै आजै केन्द्रीय समिति बैठक सकिँदैछ । बैठक बुधवारदेखि सुरु भएको हो । बैठकमा आज पनि नेताहरूले धारणा राख्ने क्रममा जारी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै