प्रतिनिधीसभा बैठक २२ गते सम्मका लागी स्थगित – Nepalboli

प्रतिनिधीसभा बैठक २२ गते सम्मका लागी स्थगित

   १६ श्रावण २०८०, मंगलवार  

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक २२ साउनसम्मका लागि स्थगित भएको छ ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दैन नबसी २२ साउनलाई सारिएको हो । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधिसभा बैठक २२ साउनको दिउँसो १ बजेका लागि तोकिएको छ ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेको छ । तर सत्तारुढ गठबन्धनले उक्त समिति गठन गर्न अस्वीकार गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै