मधेशमा छैटौँ पटक मन्त्रिपरिषद् विस्तार
नेपाल बोली
१५ श्रावण २०८०, सोमबार
मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले सरकारमा नेपाली कांग्रेसबाट एक जना र जनमत पार्टीबाट एक जनालाई सोमबार मन्त्रीमा नियुक्त गरेका हुन् ।
काँग्रेसबाट मोह्मद समिमलाई गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्रीमा नियुक्त गरेका छन् ।
नव नियुक्त मन्त्री द्वयले आजै प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
मधेश सरकारले आज छैठौं पटक मन्त्री परिषद विस्तार गरेको हो । योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ । भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै