मधेस प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा – Nepalboli

मधेस प्रदेश सरकारका दुई मन्त्रीद्वारा राजीनामा

   १५ श्रावण २०८०, सोमबार  

मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सरकारका विना विभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउनुभएको हो । उहाँहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुहुन्थ्यो ।

जनमत पार्टीका अनुसार दुवै मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाउनुभएको हो । यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गत जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एकीकृत समाजवादी) का गोविन्द न्यौपानेलाई दिनुभएको थियो । त्यसयता कुशवाहा विना विभागीय मन्त्रीको हैसियतमा हुनुहुन्थ्यो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै