प्रधानमन्त्री प्रचण्ड र ओलीबीच आइतवार बिहान वालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच आइतबार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका थिए । भेटमा मुख्यगरी कोशी प्रदेश सरकार निर्माणका बारेमा छलफल भएको छ । सर्वोच्च अदालतले साउन ११ गते मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएपछि त्यहाँ कामचलाउ सरकारमात्रै छ । १७ गतेसम्म बनाइसक्न प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेका छन् ।
यस्तै उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।