माओवादीले केन्द्रीय समिति बैठकको तयारीबारे पदाधिकारीहरु छलफल गर्दै – Nepalboli

माओवादीले केन्द्रीय समिति बैठकको तयारीबारे पदाधिकारीहरु छलफल गर्दै

   २०८० श्रावण १४, आईतवार  

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी आइतबार बालुवाटारमा दिउँसो ३ बजे बस्दैछ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले साउन १७ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठकको तयारी सम्बन्धमा आजको पदाधिकारी बैठकमा छलफल हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्रीय समितिको बैठकको तयारी सम्बन्धमा हो । एजेण्डा तय गर्ने लगायत यसैको सम्बन्धमा छलफल हुन्छ ।”

उहाँले पदाधिकारी बैठकमा पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन तयार गर्न सबैको सुझाव लिनुहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिजोको बैठक टुङ्गोमा पुगेको छैन । अध्यक्षले बुँदागत रूपमा सुझाव दिनुस् भन्नुभएको छ । प्राप्त भएका सुझाव एकीकृत गरेर प्रतिवेदन तयार गर्ने हो ।”

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक साउन १७ गते बिहान ११ बजे प्रज्ञा भवनमा बस्दै छ ।

माओवादी पदाधिकारी बैठक हिजो शनिबार पनि बालुवाटारमा बसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै