भाजपाको निमन्त्रणमा माओवादीका नेताहरू भारत भ्रमणमा
नेपाल बोली
७ श्रावण २०८०, आईतवार
नेकपा माओवादी केन्द्रका नेताहरू आज भारत भ्रमणमा निस्किएका छन । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा माओवादी नेताहरू भारत भ्रमणमा गएका हुन ।
माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालका नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा आज निस्केका हुन ।
माओवादी केन्द्रका अनुसार भुसालको नेतृत्वमा जाने पाँच सदस्य टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहेका छन ।
भाजपाले संसारभरिका पार्टीहरूसँग सम्बन्ध विस्तार गर्ने योजना अन्तर्गत माओवादी केन्द्रलाई औपचारिक रूपमा निम्तो दिएको हो ।
भारत भ्रमणको क्रममा माओवादी नेताहरूले नयाँदिल्लीस्थित भाजपाको मुख्यालयको अवलोकन तथा भाजपा पार्टीका बारेमा जानकारी लिनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै