चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यको नेतृत्वमा २५ सदस्यीय चिनियाँ टोली काठमाडौमा – Nepalboli

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यको नेतृत्वमा २५ सदस्यीय चिनियाँ टोली काठमाडौमा

   ७ श्रावण २०८०, आईतवार  

राष्ट्रपति, गृहमन्त्री र रक्षामन्त्री सहित शिर्ष नेताहरुसँग आजै भेट्दै

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन्। चिनीयाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र समेत रहेका उनको नेपालमा उच्चस्तरीय राजनीतिक भेटघाटको कार्यक्रम रहेको छ।

च्युन नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै अपराह्न ३ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

श्रीलंकाको भ्रमण सम्पन्न गरी नेपाल आएका चिनियाँ नेताहरुको टोली काठमाडौमा कम्युनिष्ट सहित काग्रेस समेतका शिर्ष नेताहरुलाई भेट गर्ने गरि कार्यक्रम बनाएका छन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै