कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरु आ आफनो धारणा राख्दै

मंगलबार देखि सुुरु भएको कांग्रेस केन्द्रिय समिति बैठकमा बुधबार कांग्रेस केन्द्रीय समिति सदस्यहरुले धारणा राख्न्न सुुरु गरेका छन । केन्द्रिय समिति बैठक प्रत्यक्ष प्रसारण गरेको हो। कांग्रेसको आधिकारिक फेसबुक पेजबाट बैठक लाइभ गरिएको छ।
बैठकमा १० एजेन्डामा केन्द्रित रहेर धारणा राख्न केन्द्रीय सदस्यलाई ७ मिनेटको समय दिइएको छ।
सभापति शेरबहादुर देउवाले नै केन्द्रीय सदस्यलाई पालैपालो समय दिएका छन्। समय सकिने बेला जनाउ घन्टीसमेत बजाइन्छ।
बुधबार केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा केन्द्रित रहेर धारणा राखे। उनीहरूले बैठक लाइभ गरेकोमा सभापति देउवालगायत पदाधिकारीलाई धन्यवाद पनि दिएका छन्।
केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले बैठक लाइभ गरेर धेरै राम्रो भएको बताए। ‘बैठक लाइभ छ, हामी सबै अनुशासित पनि भएका छौं,’ उनले भने, ‘लाइभले अनुशासनसमेत सिकाएको छ। देश, विदेशबाट कांग्रेसमा के भइरहेको छ चासोपूर्वक हेरिएको छ।’
केन्द्रीय सदस्य सुशीला थिङ पनि बैठक लाइभ गरिएकोमा खुसी छिन्। केन्द्रीय कार्यसम्पादन समिति बैठक र पदाधिकारी बैठक पनि लाइभ गर्नुपर्ने बताइन्। ‘केन्द्रीय समिति लाइभ गरिएको छ, राम्रो भयो। महत्वपूर्ण निर्णय हुने कार्यसम्पादन बैठक र पदाधिकारी बैठक लाइभ हुन्छ कि हुँदैनरु,’ उनको प्रश्न छ।
केन्द्रीय सदस्य राधा घलेले बैठक लाइभ गरेर कसले के बोल्यो जनताले हेर्न पाएको बताइन्।
मंगलवार महामन्त्री गगन थापाले बैठकमा राखेका १० एजेन्डा माथी केन्द्रिय सदस्यहरुले बोल्ने क्रम जारी रहेका छन ।