६ साउनमा प्रधानमन्त्री प्रचण्ड इटाली जाने – Nepalboli

६ साउनमा प्रधानमन्त्री प्रचण्ड इटाली जाने

   २०८० श्रावण ३, बुधबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जानुहुने भएको छ । ६ साउनमा प्रधानमन्त्री ईटरी गएर ११ गते फर्कने कार्यक्रम रहेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल इटाली जान लागेको जानकारी दिनुभयो ।

मन्त्री शर्माका अनुसार प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालसमेत सहभागी हुनुहुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै