एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेल र नेम्वाङलाई – Nepalboli

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेल र नेम्वाङलाई

   २०८० श्रावण ३, बुधबार  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । मंगलबार राति सिंगापुर एयरको बाट ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागी ओली त्यसतर्फ लागेका हुन् । ओलीसँगै उनकी पत्नी राधिका शाक्य र उपमहासचिव बिष्णु रिमाल पनि गएका छन् ।

उनीहरु राती ११ बजेर २५ मिनेटमा सिंगापुर हुँदै कम्बोडियाका लागी प्रस्थान गरेका हुन् ।

ओलीको बिदाईका लागी त्रिभुवन विमानस्थलमा उपाध्यक्ष ईश्वर पोखरेल,बिष्णु पौडेल, सुवास नेम्वाङ्ग, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, महेश बस्नेत, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष ओली कम्बोडिया गए पछि पार्टीको कार्यवाहकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङले पाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै