एमाले प्रचार विभागमा ११ जना थप – Nepalboli

एमाले प्रचार विभागमा ११ जना थप

   २०८० असार ३१, आईतवार  

नेकपा (एमाले) को प्रचार विभागमा ११ जना सदस्य थपिएका छन्। शनिबार बसेको २३ औं सचिवालयको बैठकले प्रचार विभागमा ११ जना सदस्य थपेको हो । एमालेका एक नेताकाअनुसार डा महेन्द्र विष्ट, गणेश पाण्डे, दीपक ज्ञवाली, शेरबहादुर केशी, रामकृष्ण ज्ञवाली र राजेश राईलाई प्रचार विभाग सदस्य बनाइएको छ।

यसैगरी सूर्यमणि गौतम, लिलाराज भट्टराई, लालबाबु शेख, हेमन्त पौडेल, अक्षेरी पोखरेल सदस्य मनोनित भएका छन् । यसअघि निर्मला शर्मा, गणेश बस्नेत, उजिर मगर, टीका विष्ट, प्रमोद दाहाल, चेतन अधिकारी, रोशन खड्कालाई प्रचार विभाग सदस्य बनाइएको थियो।

अहिले प्रचार विभागमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम छन्। गगन विष्टलाई सचिवको जिम्मा दिइएको छ। यसअघि प्रचार विभाग प्रमुख रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरूङ संसदीय मामिला विभागको प्रमुख बनेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै