सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सम्पर्कविहीन

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो।
‘पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा छैन,’ सिटौलाले भने।
हेलिकप्टरमा पाँच जना विदेशी नागरिक छन्। हेलिकप्टरका पाइलट नेपाली हुन्।