शिक्षक आन्दोलन- निषेधित क्षेत्र तोडेपछि प्रहरी हस्तक्षेप, १९ जना घाइते – Nepalboli

शिक्षक आन्दोलन- निषेधित क्षेत्र तोडेपछि प्रहरी हस्तक्षेप, १९ जना घाइते

   २०८२ बैशाख १४, आईतवार  

नेपाल शिक्षक महासङ्घको अगुवाइमा निरन्तर चल्दै आएको आन्दोलनमा १९ जना शिक्षक घाइते भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार आन्दोलनकर्मीले बानेश्वरमा निषेधित क्षेत्र प्रवेश गर्न खोजे पछि प्रहरीले बल प्रयोग गरेको हो।

उहाँका अनुसार १९ जना शिक्षकसहित पाँच जना प्रहरी एक पत्रकार सबिना कार्की घाइते हुनुभएको छ। १९ शिक्षक र पाँच प्रहरीको पुरा विवरण आइनसकेको उहाँको भनाइ छ।

प्रवक्ता आचार्यले भन्नुभयो, “निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि फोर्स प्रयोग भएको हो।”

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै