भारत सरकारद्वारा नेपाललाई सिकल सेल र थालेसिमिया खोप हस्तान्तरण

भारत सरकारले नेपाललाई सिकल सेल रोग र थालेसिमिया विरुद्धको खोपको पहिलो खेप स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई शुक्रवार हस्तान्तरण गरेका छन । नेपालका जनताको स्वास्थ्य र कल्याणलाई सहायता प्रदान गर्ने आफ्नो निरन्तर प्रतिबद्धताको महत्व प्रस्तुत गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त खोप शुक्रवार हस्तान्तरण गरिएको नेपाल स्थित भारतीय दुतावासले जनाएको छ ।
नेपाल सरकारको अनुरोधको प्रतिक्रियामा भारत सरकारले थालेसिमिया र सिकल सेल रोगका बिरामीहरूको व्यवस्थापनका लागि २० लाख डलर बराबरको औषधि तथा खोप प्रदान गर्दैछ । पहिलो खेपको खोपरऔषधिमा इन्फ्लुएन्जा खोप (३१०० युनिट), साल्मोनेला खोप (१५५० युनिट), मेनिङ्गोकोक्कस खोप (३१०० युनिट), हाइमोफिलस इन्फ्लुएन्जा खोप (४६४० युनिट) र स्ट्रेप्टोकोक्कस निमोनिया खोप (४६४० युनिट) समावेश रहेका छन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूतले यी खोपहरू नेपालमा सिकल सेल रोग र थालेसिमियाबाट प्रभावित व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गर्नुभयो । वहाँले भारत र नेपालबीचको गहिरो मित्रतालाई प्रकाश पार्नुका साथै पारस्परिक हितका क्षेत्रहरूमा सहयोग प्रदान गर्ने भारतको तत्परतालाई समेत थप प्रकाश पार्नुभयो ।
नेपाल सरकारको तर्फबाट खोपहरू ग्रहण गर्दै माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीले यी खोपहरूले जनस्वास्थ्यमा पार्ने सकारात्मक प्रभावको वर्णन गर्दै भारतको उदार सहायताको लागि कृतज्ञता व्यक्त गर्नुभयो । वहाँले भारतसँगको लामो समयदेखिको सहकार्य र यसले नेपालको स्वास्थ्य सेवा प्रणालीमा गरेको योगदानलाई स्वीकार गर्नुभयो ।