तीनकुने प्रदर्शन क्रममा तोडफोड र आगजनीमा उत्रिएका थप ३ जना पक्राउ – Nepalboli

तीनकुने प्रदर्शन क्रममा तोडफोड र आगजनीमा उत्रिएका थप ३ जना पक्राउ

   २०८१ चैत्र २८, बिहीबार  

गत चैत १५ गते काठमाडौँको तीनकुने प्रदर्शनमा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी लगायतका कार्यमा संलग्न थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ का ३१ वर्षीय शिशिर जिसी, कैलालीको धनगढी उपमहानगरपालिका–२ का ६१ वर्षीय डण्डपाणी रेग्मी र सर्लाहीको मिर्चैया नगरपालिका–६ का ४६ वर्षीय मनोज कुमार सापकोटा रहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार उनीहरूमाथि अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै