जडीबुटी कम्पनीमा प्रदर्शनकारीले लगाएको आगो नियन्त्रणमा – Nepalboli

जडीबुटी कम्पनीमा प्रदर्शनकारीले लगाएको आगो नियन्त्रणमा

   २०८१ चैत्र १५, शुक्रबार  

राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा गरेको आगजनी दुई घन्टापछि नियन्त्रणमा आएको छ । महानगरका नगरप्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले चार वटा दमकल प्रयोग गरिएपछि उक्त आगो नियन्त्रणमा आएको बताए ।

‘झडप जारी छ । हामी भने आगो निभाउन दमकल परिचालन गरिरहेका छौं,’ उनले भने, ‘अहिले आगो लागेको ठाउँ भने नियन्त्रणमा आएको छ ।’

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै