त्रिभुवन विमानस्थलमा हवाई उडान सुचारु
विमानस्थल क्षेत्र आसपास राजावादी प्रदर्शनकारीले लगाएको आगोका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुचारु भएको छ। तर, विमानस्थलमा उडानरअवतरण व्यवस्थापनमा भने चापमा भइरहेको विमानस्थल स्रोतले जनाएको छ। आन्तरिक तथा वाह्य उडानका जहाजले केही फन्को मारेपछि मात्र अवतरणको पालो पाइरहेका छन्।
शुक्रबार साँझ झन्डै एक घण्टा उडान अवरुद्ध भएको थियो। हवाई यात्रुलाई सुरक्षाकर्मीले परिचय पत्र र टिकटका आधारमा विमानस्थल जान सहजीकरण गरिरहेका छन्।
प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडि आगो बालेका थिए। आगो विमानस्थल क्षेत्रभित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द गरिएको थियो।