बस्दै नबसी सूचना टाँसेर स्थगित भयो प्रतिनिधि सभाको बैठक – Nepalboli

बस्दै नबसी सूचना टाँसेर स्थगित भयो प्रतिनिधि सभाको बैठक

   २०८१ चैत्र १४, बिहीबार  

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो।दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि संघीय संसद्का दुवै सदनको बैठक बस्न सकेको छैन।

प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण दिनुपर्ने माग राख्दै विपक्षीहरुले सदन अवरोध गर्दै आइरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै