त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेपसहित ४ जना पक्राउ – Nepalboli

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेपसहित ४ जना पक्राउ

   २०८१ चैत्र १०, आईतवार  

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेप (विद्युतीय) चुरोटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीको दुधौली नगरपालिका–८ का २६ वर्षीय सलिना बर्देवा, पर्वतको मोदी गाउँपालिका–८ का २४ वर्षीय सौगात क्षेत्री र मोरङको लेटाङ गाउँपालिका–५ का ४६ वर्षीय सुरेन्द्र घिसिङ तामाङ छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । शनिबार फ्लाई दुबईको उडानबाट उनीहरु काठमाडौं आएका थिए । उनीहरुलाई प्रहरीले संकास्पद अवस्थामा विमानस्थलको ट्याक्सी पार्किङ एरियाबाट पक्राउ गरेको हो ।

उनीहरुले भन्सार छलीका भेप ल्याएको प्रहरीको भनाइ छ । भेपसहित उनीहरुलाई विमानस्थलको भन्सार कार्यालय पठाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै