कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक – Nepalboli

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

   २०८१ चैत्र ५, मंगलवार  

काठमाडौं– नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । ‘१० गते कार्यसम्पादन समितिको बैठक बस्ने र समग्र विषयमा समीक्षा गरेर त्यसमा केही निर्णय पनि गर्छौं,’ महतले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै