भारत सरकारको अनुदानमा कार्यान्वयन हुने दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर – Nepalboli

भारत सरकारको अनुदानमा कार्यान्वयन हुने दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

   ४ जेष्ठ २०८०, बिहीबार  

भारत सरकारको अनुदान सहयोगमा स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउनका लागि भारतीय राजदूतावास, काठमाडौं तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यी दुई परियोजनाको कूल अनुमानित लागत नेरु. ८.०३३ करोड रहेको छ ।

दुवै परियोजना भित्र रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस रहेका छन् ।

यी दुई परियोजनाको निर्माण क्रमशः रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । परियोजनाको निर्माणले स्थानीयवासीहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा तथा शैक्षिक सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने सहमती पत्रमा हसताक्षरमा नेपाल स्थित भारतीय दुतावासले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै