भारतको आर्थिक सहयोगमा दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालको भवन निर्माणको शिलान्यास – Nepalboli

भारतको आर्थिक सहयोगमा दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालको भवन निर्माणको शिलान्यास

   २०८१ फाल्गुन २०, मंगलवार  

भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने दाङको तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको आज शिलान्यास गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र काठमाडौँस्थित भारतीय दूतावासका प्रथम सचिव श्री वशिष्ट नन्दनले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गआज गरिएको छ । यस अवसरमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु ४.३३१ करोड परियोजना लागतमा राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माण हुन लागेको छ । भारत सरकारको अनुदानबाट अपरेशन थिएटर भवन र अन्य सम्बद्ध सुविधाहरू निर्माण भइरहेको छ । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना तुलसीपुर उप–महानगरपालिका, दाङ मार्फत कार्यान्वयन भइरहेको छ ।

तुलसीपुर उप–महानगरपालिका, दाङका मेयर तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गरेका छन । उहाँहरूले निर्माण भइरहेको पूर्वाधारले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र नेपालको लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइएका छन् र ४९५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । यी मध्ये ६२ वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । जसमध्ये लुम्बिनी प्रदेशमा १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यी मध्ये, दाङमा १९ वटा एम्बुलेन्स र ४ वटा स्कूल बस उपहारस्वरुप प्रदान गरिएको छ। जसमा दाङको राप्ती आँखा अस्पताललाई प्रदान गरिएको एउटा एम्बुलेन्स समेत समावेश छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै