विकास निर्माणमा काँग्रेससँग अन्य दलको तुलना हुन सक्दैन- प्रवक्ता महत – Nepalboli

विकास निर्माणमा काँग्रेससँग अन्य दलको तुलना हुन सक्दैन- प्रवक्ता महत

   २०८१ फाल्गुन १६, शुक्रबार  

नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान सत्तारूढ गठबन्धन नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्रकै कारण बनेको बताएका छन् । शुक्रबार नेपाली काँग्रेस नुवाकोटको शिवपुरी गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महतले यस्तो बताएका हुन् ।

काँग्रेस एमाले गठबन्धनको सरकारले देश र जनतालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको सुझाव छ । राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै उनले काँग्रेसको अगुवाइमा देशले स्थिरता र आर्थिक प्रगति हासिल गर्ने दाबी गरे ।

उनले काँग्रेस नेतृत्वमा भएका विकास निर्माण कार्यहरूको तुलना कुनै पनि दलसँग हुन नसक्ने जिकिर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै