विश्वकै सबैभन्दा ठुलो धार्मिक मेला महाकुम्भ आजवाट सकिदै, ६५ करोड भन्दा वढीद्धारा स्नान
विश्वकै सबैभन्दा ठलो धार्मिक मेलाको रुपमा देखिएको भारतको प्रयागराजस्थित महाकुम्भ आज वाट सकिदै छ । महाशिवरात्रीको दिन आज तिर्थालुहरु अन्तिम अमृत स्नान गर्दै छन । शिवरात्री खवसरमा आज पनि त्याहा ठुलो संख्यामा तिर्थालुुहरु पुन सहभागी भएका छन । हिजो सम्ममा महाकुम्भमा ६५ करोडले स्नान गरिसकेका थिए । गएको माघ १ देखि आज फागुन १४ गतेसम्म ४५ दिन सम्म यो पटक महाकुम्भ जुडेको थियो ।
भारतका झन्डै आधा जनसंख्याले त्रिवेणी संगममा स्नान गरिसकेको मेला आयोजक संस्थाल हिजो नै जानकारी दिएका थिए । संसारको कुनै पनि स्थानमा यति धेरै संख्यामा मानिसहरूले स्नान गरेका छैनन् । ६५ करोडभन्दा बढी श्रद्धालुले सनातन आस्थाको डुबुल्की लगाएर धार्मिक र सांस्कृतिक एकताको अद्वितीय सन्देश दिएका छन् ।
अमेरिकाको जनसंख्याभन्दा दुई गुणा, पाकिस्तानको जनसंख्याको अढाई गुना र रूसको जनसंख्याको चार गुणाभन्दा बढी श्रद्धालुले डुबुल्की लगाएका छन् ।
भारतको केन्द्रिय सरकार र उत्तर प्रदेशको प्रदेश सरकारले यो पटकको महाुकुम्भलाई विश्वव्यापी प्रचारप्रसार गरेका थिए । जसमा विश्वका कयौन प्रतिष्ठित व्यक्तिहरु समेत सहभागी थिए । भुटानका राजा देखि विश्वका ठुुला व्यापारिक तथा प्रतिष्ठित व्यक्तिहरु स्नान गरेक छन । भारतका लागी विभिन्न ७३ देश राजदुतहरु समेत महाकुम्भमा स्नान गरेका थिए ।
यो पटकको महाकुम्भमा नेपालबाट समेत उच्च संख्यामा सहभागीता देखिएका छन । नेपालवाट यो पटक ५० लाखभन्दा बढी मानिसले स्नान गरेका छन् । भारत वाहेक अन्य देशवाट तीन करोड भन्दा वढीको सहभागीता रहेको तथ्यांकहरुले देखाएका छन । इटाली, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिका, इजराइल, इरान, मोरिससलगायतका देशका नागरिक महाकुम्भ मेलामा पुगेका थिए ।
प्रयागराजका स्थानीय बासिन्दा पनि ठूलो संख्यामा स्नान गर्न आउँदैछन्,” महाकुम्भका एसएसपी राजेश द्विवेदीले भनेका छन्, “त्यसैले हामी रातिदेखि नै भक्तजनहरूको ठूलो भीड देखिरहेका छौँ ।”
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भक्तजनहरूलाई शुभकामना दिएका छन् । “प्रयागराजको महाकुम्भ–२०२५ मा भगवान भोलेनाथको पूजामा समर्पित महाशिवरात्रिको पवित्र स्नान पर्वमा आज त्रिवेणी संगममा आस्थाको स्नान गर्न आएका सबै पूजनीय सन्त, कल्पवासी र भक्तहरूलाई बधाई छ,” उनले भनेका छन् ।