केआइआइटी विश्वविद्यालयमा भएको घटनाप्रति नेपाल स्थित भारतीय दुतावासद्धारा दुख व्यक्त – Nepalboli

केआइआइटी विश्वविद्यालयमा भएको घटनाप्रति नेपाल स्थित भारतीय दुतावासद्धारा दुख व्यक्त

   २०८१ फाल्गुन ५, सोमबार  

भारतको ओडिशाको भुवनेश्वरमा स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी मा एक नेपाली विद्यार्थीको मृत्यु भएको खबरप्रति काठमाडौंस्थित भारतीय दूतावासले दुःख व्यक्त गरेका छन । दुतावासले यो कठिन घडीमा मृतकको परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरेका छन ।

दूतावासले केआइआइटीका अधिकारीहरूका साथै ओडिशा राज्य सरकारसँग सम्पर्कमा रहेको जनाएको छ। स्थानीय अधिकारीहरूले यस दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान सुरु गरेको दूतावासलाई जानकारी गराइएको दुतावासले प्रेस वकत्वय जारी गरेर जनाएका छन।

केआइआइटीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्रावासमा बस्न अपील पनि गरेको छ। केआइआइटीले विद्यार्थीहरूलाई शैक्षिक रुपमा परेको क्षतिको पनि जिम्मेवारी लिने आश्वासन दिएको वकत्वयमा उल्लेख छ। दुतावासले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष रहेको जनाएका छन । भारत सरकारले भारतमा नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने पनि दुतावासको वकत्वयमा उल्लेख छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै