३१.९८ प्रतिशत सवारीसाधन प्रदूषण जाँचमा ‘फेल’ – Nepalboli

३१.९८ प्रतिशत सवारीसाधन प्रदूषण जाँचमा ‘फेल’

   २०८१ फाल्गुन ५, सोमबार  

वातावरण विभागले गरेको प्रदूषण सम्बन्धी छड्के जाँचमा ३१.९८ प्रतिशत सवारीसाधन ‘फेल’ भएका छन् । चालु आर्थिक वर्ष २०८१-८२ मंसिर २० देखि माघ १० सम्म गरिएको छड्के जाँचमा काठमाडौंमा ३१.९८ प्रतिशत सवारीसाधन फेल भएको पाइएको हो ।

विभागले यसबीच ५ सय १९ सवारीसाधन जाँच गरेको थियो । जसमध्ये १ सय ६६ फेल भएका छन् । ३ सय ५३ मात्र पास भएका छन् । उता, काठमाडौँ महानगरपालिकाले समेत पछिल्लो समय प्रदूषण जाँच बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै