मधेश केन्द्रित दलहरुले सुुरु गरेको मोर्चाबन्दी प्रति प्रधानमन्त्री केपी ओलीको आपत्ति
प्रधानमन्त्री केपी ओलीले मधेश केन्द्रित दलहरु सुरु गरेको मोर्चाबन्दी प्रति आपत्ति जनाएका छन । शनिवार सत्तारुढ दलहरुको बैठकमा प्रधानमन्त्री ओलीले लोसपा, जनमत र जसपाका सहभागी नेताहरु संग प्रश्न गर्दै मोर्चाबन्दी सुरु गरेको प्रश्न गरेका थिए । ओलीले सत्तारुढ दलहरुको उउटा मोर्चा हुदैमा किन अर्को मोर्चाबन्दी आवश्यक परेको भन्दै बैठकमा सहभागी मधेशी नेताहरु प्रति प्रश्न तेर्साएको बैठकमा सहभागीमा एक नेताले जनाएका छन शनिवारको बैठकमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका कुनै पनि नेताहरु सहभागी भएक थिएन । यद्यपी प्रधानमन्त्री ओलीले बैठक वाटै जसपा अध्यक्ष यादव सग टोलीफोनमा कुराकानी गरेका थिए । शनिवारको बैठकमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर सहित जनमत पार्टीका तर्फवाट अब्दुल खां, जसपाको तर्फवाट ईस्तियाक राइ, नागरिक उन्मुक्तिका रन्जिता श्रेष्ठ सहभागी भएका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई लोसपा, जसपा, जनमत, नागरिक उन्मुक्ति सहित जसपा नेपालले समेत समर्थन गरेका छन । लोसपा र जसपा सरकारमै सहभागी भएका छन भने अन्य पार्टीहरुले वाहिर वाटै समर्थन गरेका छन ।
यद्यपी केहि समय यता मधेश केन्द्रित यी दलहरुको विचमा छुटै मोर्चाकन्दी र एकताको पहल चलीरहेको छ । मधेश केन्द्रित दलहरुको विचमा मोर्चाबन्दीको पहल चलीरह्दा सरकारले हालै ६ ओटा अध्यादेश ल्याएको छ । जसमा भुमी सम्बन्धी अध्यादेश प्रति मधेश केन्द्रित सबै दलहरुले आपति जनाउदै समर्थन नगर्ने घोषणा गरेका छन । जसका कारण यो अध्यादेश संसदवाट पारित हुने अवस्था छैन ।
त्यही प्रसंगमा प्रधानमन्त्रीले शनिवार डाकेको सत्तारुढ दलहरुको बैठकमा मधेशी दलह्रको छुटै मोर्चा आवश्यक नरहेको जिकिर गरेका छन । मधेशी पार्टीहरुको आपत्तिकै कारण भुमी सम्बन्धी अध्यादेश अध्यान गर्न सत्तारुढ दलहरुले शनिवार कार्यदल थठन गर्ने निर्णय गरेको छ ।