सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय – Nepalboli

सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय

   २०८१ माघ १७, बिहीबार  

विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रभु साह नेतृत्वको आम जनता पार्टी सहभागी बैठकले अध्यादेश अस्विकार गर्ने निर्णय गरेको हो ।

बैठकमा सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भएकाले विपक्षी दलहरुले अस्वीकार गर्ने भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकले राष्ट्रियता, जनजीविका र बढ्दो महँगी नियन्त्रण तथा अन्य विषयहरुमा सरकारको बेवास्ता लगायतका विषयहरूमा विपक्षीहरू एक भएर संसदमा कुरा उठाउने निर्णय भएको समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै