प्रतिनिधि सभाबाट अभिलेख संरक्षण विधेयक पारित – Nepalboli

प्रतिनिधि सभाबाट अभिलेख संरक्षण विधेयक पारित

   २०८१ असार १३, बिहीबार  

प्रतिनिधि सभाले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।

सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै