अशोक राई नेतृत्वको जसपाको पहिलो केन्द्रीय समिति बैठक सुरु – Nepalboli

अशोक राई नेतृत्वको जसपाको पहिलो केन्द्रीय समिति बैठक सुरु

   २०८१ असार १२, बुधबार  

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर गठन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक बसिरहेको छ । समाखुशीको एक पार्टी प्यालेसमा जारी बैठकमा १२१ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको एक नेताले जानकारी दिए ।

३१ जना केन्द्रीय सदस्य लिएर राईको नेतृत्वमा जसपा दर्ता गरिएको थियो । तीसहित १२१ जना केन्द्रीय सदस्य बैठकमा उपस्थित रहेको बताइएको छ । जसपा नेपालको महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू पनि अशोक राई नेतृत्वको जसपामा आउन थालेका छन् ।

जसपाको बैठक बिहीबारसम्म जारी रहने छ । बुधबारको बैठकमा पार्टीका अध्यक्ष अशोक राईले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमाथि छलफल चलिरहेको छ । पार्टी विभाजनको औचित्य, संगठन निर्माणलगायतका विषयमा छलफल भइरहेको पार्टी महासचिव इस्तियाक राईले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै