७४ लाख राजस्व सङ्कलन – Nepalboli

७४ लाख राजस्व सङ्कलन

   २०८१ असार १२, बुधबार  

सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप-कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर ७४ लाख राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर चालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर ८७ लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै