ओलीले भने- बजेट राम्रो भएकाले बहुमतले पास भयो – Nepalboli

ओलीले भने- बजेट राम्रो भएकाले बहुमतले पास भयो

   २०८१ असार ११, मंगलवार  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको दाबी गरेका छन्। मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। यसअघि बजेट आएलगत्तै संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी केन्द्र) केन्द्रित भएर आएको प्रतिक्रिया दिएका ओलीले बजेट पास भएको दिनमा भने राम्रो बजेट आएकाले बहुमतले पास भएको प्रतिक्रिया दिए। उनले भने, ‘राम्रो छ र बहुमतले पास गर्‍यो।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाउनु भयो नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले आफूलाई असन्तुष्टि जनाएको जानकारी नरहेको बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै