भन्सार महसुलसम्बन्धी विधेयक २०८१ स्वीकृत – Nepalboli

भन्सार महसुलसम्बन्धी विधेयक २०८१ स्वीकृत

   १२ असार २०८१, मंगलवार  

प्रतिनिधि सभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ । सभाको आजको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायर्थ प्रस्तुत गर्नुभएको थियो ।

सांसदहरु सञ्जय कुमार गौतम, जुलीकुमारी महतो (महासेठ), प्रेम सुवाल, नागीना यादव, डा अमरेसकुमार सिंह, गणेश पराजुली, बद्रीप्रसाद पाण्डे भन्सार महसुलसम्बन्धी विधेयक २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुनुभएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै