मनसुन फैलिए देशभर – Nepalboli

मनसुन फैलिए देशभर

   २०८१ असार १०, सोमबार  

यसवर्षको मनसुन आजबाट देशभर फैलिएको छ । जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन १५ दिनमा देशभर फैलिएको हो । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो नेपाल प्रवेश गरेको थियो । जेठ २८ गते कोसी प्रदेशमा प्रवेश गरेको मनसुन सोही प्रदेशको बाँकी भू–भाग, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा असार ९ गते पुगेको थियो ।

असार १० (आज) सुदूरपश्चिमसम्म मनसुन फैलिएको हो । पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायु चलेकाले यो वर्ष मनसुन देशभर फैलिन लामो समय लागेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै