संसद् सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि समिति गठन – Nepalboli

संसद् सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि समिति गठन

   १० असार २०८१, आईतवार  

सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकले थप सेवा, सुविधा लगायतका माग राख्दै आन्दोलनरत कर्मचारीको माग सम्बोधनका लागि कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी, सांसदका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थ सचिव मधु मरासिनीलाई जिम्मेवारी दिइएको कानुन मन्त्री गिरीको निजी सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुन लगायतका नेता सहभागी हुनुभएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै