बालुवाटारमा कर्मचारीको माग सम्बोधन गर्न शीर्ष तहको बैठक

सङ्घीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तहको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन् ।
बैठकमा मुख्य सचिव डा वैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित रहेका छन् । सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहे पनि सहमति जुट्न सकेको छैन ।