भारतीय राजदूतावासद्धारा लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस उत्सव कार्यक्रम आयोजना – Nepalboli

भारतीय राजदूतावासद्धारा लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस उत्सव कार्यक्रम आयोजना

   २०८१ असार ६, बिहीबार  

नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा आज भगवान् बुद्धको पूज्य जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना गरेको छ ।

लुम्बिनीका मुख्यमन्त्री जोख बहादुर महराको प्रमुख आतिथित्यमा भएको उक्त कार्यक्रममा नेपालका लागी भारतीय राजदसत नवीन श्रीवास्तव समेत उपस्थित थिए । मुख्यमन्त्रीले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा र भारत–नेपाल साँस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिए । उनले अझ स्वस्थ र सन्तुलित समाजको निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी चेतना जगाउन मद्दत गर्ने बताए ।

लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारी र त्यसै क्षेत्रका ९०० जना भन्दा बढी योगमा अभिरुचि राख्नेहरुले कार्यक्रममा सहभागीता थिए ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेपछि योग एउटा ग्लोबल फेनोमेनन बन्न पुगेको बताए । उनले शान्ति र सद्भावको प्रतीक लुम्बिनीको पवित्र भूमिले योगको अनन्त अभ्यासलाई उत्सवको रुपमा मनाउनका लागि उपयुक्त वातावरण प्रदान गरेको बताए । राजदूतले भारतीय राजदूतावासले हरेक वर्ष लुम्बिनी विकास कोषसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय योग दिवस लुम्बिनीमा मनाउने पनि बताए ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै