प्रतिनिधिसभा बैठकमा आज वजेट माथी उठेका प्रश्नको जवाफ मन्त्रीहरुले दिदै
प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ । आज सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह, प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको बजेटमाथि पनि छलफल हुनेछ ।
आजै दोस्रो बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस वन तथा वातावरण मन्त्रालयस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयस श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयस सहरी विकास मन्त्रालयस रक्षा मन्त्रालयस खानेपानी मन्त्रालयस र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमामाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।