संसद भवनको सुरक्षार्थ खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला – Nepalboli

संसद भवनको सुरक्षार्थ खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

   ६ असार २०८१, बुधबार  

संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।

स्रोतका अनुसार उनी आफैंले आफैंलाई गोली हानेका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि उनले गोली हानेर आत्महत्या गरेको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै